हजुरआमा हत्याको आरोपमा समातिए नाति

काठमाडौं । ७५ वर्षीया हजुरआमाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका ६ भाबर बस्ने २३ वर्षीय गणेश बहादुर ऐरलाई हजुरआमा हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

उनले हजुरआमा पार्वतीदेवी ऐरलाई मंगलबार हत्या गरेको सूचनाका आधारमा बुधबार ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले हजुरआमालाई फलामको रडले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । उनले हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?