काठमाडौं – सरकारले गत असार १ गतेबाट लकडाउन केही खुकुलो बनाएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
सोमबार ५४ जना संक्रमित भेटिएको काठमाडौं उपत्यकामा (काठमाडौं, भक्तपुर र ललितपुर) मंगलबार केही कम भएपनि लक डाउन अवधि पहिलेको भन्दा बढी २८ जना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलो भएसँगै आवतजावत बढेकोले काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको हो ।
मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म उपत्यका भित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् । रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन, महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् ।
यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनारायण र ललितपुरको चापागाउँ, धोविघाट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् । विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उनले बताए।
मंगलबार देशभरी २ सय ४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार १३३ जनाको नमुना परीक्षण गरिएकोमा ३८ जिल्लाका २०४ जनामा संक्रमण पुष्टि भएको हिजो १८० जना संक्रमित थपिएका थिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
कति भयो जाँच ?
पीसीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । यो बितेको एक साताकै उच्च संख्या हो ।
आजसम्म कुल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ ।

काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज एकैपटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक जनामा गरेर उपत्काका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज उपत्यकामा भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । हिजो एकैपटक काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कहाँ कहाँ छन् ५०० बढी संक्रमित ?
प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो अपडेट दिँदै भने – ‘केहि दिनयता संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।’
क्वारेन्टाईन र आईसोलेसनमा कति छन् ?
२५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।


अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन
सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवति महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरी महिलाको कोरोना परिक्षणको लागि दिईएको स्वाब राखिएको भाँडोमा रातो रङको फित्ता, डोरी, रिबन वा धागोले बाँधेर प्रयोगशालामा पठाउन र प्रयोगशालाले पहिलो प्राथमिकतामा राखेर परिक्षण गरी रिपोर्ट दिन निर्देशन दिएको छ ।कोरोना भाईरस ‘कोभिड – १९’ छ कि छैन भनेर जाँच गरिने विभिन्न अस्पताल र प्रयोगशालाले गर्भवस्था र सुत्केरी अवस्थाका महिलाको स्वाब परिक्षण प्राथमिकतामा राखुन् र उनीहरुको रिपोर्ट आउन बिलम्ब नहोस् भनेर परीक्षण केन्द्रहरुलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
हाल देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा जाँच हुँदै आएको छ ।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको निर्णय सुनाउँदै भने, ‘सबै प्रयोगशालाहरु र सबै अस्पताललाई हामी भन्न चाहन्छौँ देशमा कोरोना भाईरस ‘कोभिड १९’ का संक्रमित बढ्दै गईरहेको छ यसबाट सुत्केरी र गर्भवति महिला समेत प्रभावित भईरहेको सन्दर्भमा त्यहाँ प्रयोगशालामा कुनैपनि गर्भवति वा सुत्केरी महिलाको ‘कोभिड९ १९’ को परिक्षणको लागि स्वाब संकलन गर्नुपर्ने भएमा निजलाई प्राथमिकतामा राखि स्वाब संकलन गरिदिनुहुन र संकलन गरिएको स्वाब राखिएको भाँडोलाई रातो फित्ता, डोरी वा रिबनले बाँधेर सम्बन्धित प्रयोगशालामा पठाईदिनुहुन अनुरोध छ । सम्बन्धित प्रयोगशालाले पनि रातो फित्ता लगाएको स्वाब प्राप्त भएमा पहिलो प्राथमिकतामा राखि परीक्षण गरेर नतिजा निस्कने बित्तिकै स्वाब संकलन भएका निकायमा अबिलम्ब पठाईदिनुहुन आदेश अनुसारको अनुरोध छ । प्रवक्ता डाक्टर गौतमले थपे, -सबै अस्पताल र प्रयोगशालामा यस व्यहोराको चिठ्ठी आउँछ । आएन वा ढीलो भएमा भने यसै सूचनालाई आधार मानि आजदेखि नै यो कुरा कार्यान्वयन गर्न अनुरोध छ ।
बितेको २४ घण्टामा थपिएकाहरुको विवरण यस्तो छ :
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना र सुनसरीका २ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका ६ जना
गजेन्द्र नारायण सिंह राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ८ जना र महोत्तरीका ९ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा: अछामका ११ जना,बैतडीका ११ जना,डोटीका ७ जना,गोरखाका १ जना,काठमाडौंका १ जना र सिन्धुलीका १ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा : मकवानपुरका २ जना
धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा गरिएको परिक्षणमा : बाजुराका ५४ जना,सिन्धुपालचोकका १ जना
पाटन स्वास्थ्य विज्ञान पाटन अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा: धादिङका १ जना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका १ जना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका १ जना, नुवाकोटका १ जना, पर्सा १ जना, रामेछाप १ जना र रुपन्देही १ जना, सप्तरीका १ जना, सर्लाहीका ३ जना, सुनसरीका १ जना, रुकुम पश्चिमका १ जना, मकवानपुरका १ जना
त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : काठमाडौंका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा: तनँहुका २ जना र बाग्लुङका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका ८ जना, कपिलवस्तुका १ जना, नवलपरासीका ५ जना र पाल्पाका २ जना
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : दाङका ३ जना, रुकुम पश्चिमका ४ जना, रुकुम पूर्वका १ जना, बर्दियाका २ जना, सल्यानका ५ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : जुम्लामा सुर्खेतका ३ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला डडेलधुरामा गरिएको परिक्षणमा : डडेल्धुराका ६ जना
काठमाडौं उपत्यकाका यी २३ स्थानमा भेटिए कोरोना सङ्क्रमित
उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए ।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ
भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले जानकारी दिए। काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
यस विषयसँग सम्बन्धित हिजो प्रकाशित यो समाचार पढ्नुहोस् :
उपत्यकामा किन बढे तीव्र गतिमा कोरोना संक्रमित : महाशाखाको जवाफ यस्तो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया