११ वर्षिय बालिका बलात्कारपछि हत्या : ‘आँप दिन्छु’ भनेर बोलाएका थिए ३२ वर्षिय सिंहले

काठमाडौं – धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कञ्चनको बलात्कारपछि हत्या भएको खुलेको छ । गत शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि १ किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो ।

प्रहरीले बालिकाको हत्यामा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

‘उसले बलात्कार गरी हत्या गरेको स्विकार गरेको छ ।’ धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले भन्छन्- घटना थाहा पाएलगत्रै हामीले अपराधी उम्कन नपाओस् भनेर कडा निगरानी र अनुसन्धान थालेका थियौँ ।

भैंसी चराउन गएकी बालिका राति अबेरसम्म नआएपछि परिवारले खोजी सुरु गरेका थिए । सोही दिन आफन्तकोमा भोज भएका कारण त्यतै गएको हो कि भनी परिवारका सदस्यले खोजे ।

राति अबेरसम्म खोजखबर गर्दा थाहा नलागेपछि उनीहरुले प्रहरी गुहारे । प्रहरीले खोजी सुरु गरीरहेकै बेला एक स्थानीयले काम गर्न गएको बेला शब देखेको भन्ने जानकारी प्रहरीलाई गराए । तयसपछि प्रहरी टोली त्यतै लाग्यो । नभन्दै ११ वर्षिय ति बालिकाको शरीर अर्धनग्न अवस्थामा दुधमति किनारमा फेला पर्यो । प्रहरीले अनुसन्धान सुरु गर्यो ।

अनुसन्धानका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ २१ कुर्था स्थित मसान घाटमा बस्ने एक अघोरी बाबा सहित २ जनालाई प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा नियन्त्रणमा लियो । अनुसन्धानकै क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा ५ महिनायता काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनी काम गर्ने इन्डष्ट्रिजमा बालिका गत असार १८ गते आँप टिप्न पुगेकी थिइन्। उनले बयानमा स्विकारेका छन् – ‘आँप दिने प्रलोभन देखाइ ललाइफकाइ इन्डष्ट्रिको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर उनले बालिकासँग जबरजस्ती करणी गरेको थिए ।’ त्यसपछि उनले बालिकाको हत्या गरे । हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाइ भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेका थिए ।

हत्यापछि सिंहले बालिकालाई ब्ल्यांकेटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । यद्यपि ब्ल्यांकेट ५० फिटको दूरीमा रहेको खेतमा माटोले पुरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

बालिकाको शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सिंहलाइ आइतबार पक्राउ गरिएको थियो ।

गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?