सावधान ! तीन दिनसम्म यी क्षेत्रमा छ, बाढीको जोखिम (सूचना सहित)

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले असार २६ गतेदेखि २९ गतेसम्म देशका प्रमुख नदीहरुमा ठूलो बाढी आउने जनाउँदै सतर्क रहन अनुरोध गर्दै पूर्वतयारीमा जुट्न आग्रह गरेको छ ।

उल्लेखित दिनमा बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको हो । महाशाखाका अनुसार प्रदेश १ र २ को तराई भू-भागमा बढी जोखिम हुन्छ ।

महाशाखाका अनुसार कहाँ कुन तहसम्म हुन्छ ?

आज बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने तटिए क्षेत्रका कार्यहरु उच्च सर्तकताका साथ गर्न महाशाखाले सुझाएको छ ।

कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने
असार २४ गते बुधबार सुदूरपश्चिम प्रदेश भई बहने स साना नदीमा बहाब सर्तकता तह आसपाससम्म पुग्न सक्ने अनुमान
आज प्रदेश ५ भई बहने स साना नदीमा पनि सर्तकर्ता आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?