काठमाडौं, १० फागुन–नेकपा माआवादी केन्द्रको कार्यालय बैठकमा नेकपा एमालेसँगको पार्टी एकता, सरकार गठनलगायतका विषयमा छलफल भएको छ पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार , बैठकमा सहभागी कार्यलय सदस्यहरुले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित दुबै कार्यदलको आजको बैठकको प्रगतिका बारेमा समेत आज छलफल भएको थियो बैठकले पार्टी एकताको प्रक्रियाको स्वागत गरेको भुसालले बताइन् यसैगरी आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने मन्त्रीहरुका बारेमा समेत छलफल भएको प्रवक्ता भुसालले बताइन् ‘मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर पठाउने भन्ने विषयमा छलफल भयो । तर आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन’, प्रवक्ता भुसालले भनिन्, “मन्त्रालय १८ बनाउने भन्ने कुरा भएको छ तर नामका बारेमा प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठलाई टुंगो लगाउने जिम्मा बैठकले दिएको छ । जसअनुसार तीन नेताले पार्टीको तर्फबाट ओली सरकारमा सहभागि हुने ७ मन्त्रीको चयन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया