फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिप प्रधानमन्त्री पद त्यागेर नगर प्रमुख बनेका छन् ।
स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका उनी एक पटक पनि आफ्नो नगरपालिकामा चुनावी प्रचारप्रसारका लागि उपस्थित भएनन् ।
प्रधानमन्त्रीका रुपमा निकै व्यस्त भएका कारण उनी आफ्नो नगरमा नपुगेपनि त्यहाँका मतदाताले भने जिताइदिएका छन् ।
आफ्नो उपस्थितिबिनै चुनाव जिताइदिएको भन्दै उनी निकै भावुक बनेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । त्यसका साथै आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखमै बस्ने समेत उनले बताए । फिलिपले शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । एजेन्सीलाई उदृत गर्दै कान्तिपुरले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया