शीर्ष नेताहरू आआफ्नो अडानमा कायमै रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। विवाद लम्बिँदै जाँदा पार्टी विभाजनसम्म पुग्ने हो कि भन्ने आशंका बढेको छ। दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू आआफ्नो अडानमा रहँदा पार्टी र सरकार दुवै अप्ठेरोमा पर्ने देखिएको छ।
दुई वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो। तर एकीकरणका सबै प्रक्रिया टुंगोमा नपुग्दै नेकपा विभाजनको सँघारमा पुगेको विश्लेषण गर्न थालिएको छ।
पार्टीभित्र देखिएको तिक्ततालाई सहमतिमा परिणत गर्न शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक सहमतिका लागि भन्दै दुई दिन पर सारिएको छ। तर दुवै पक्ष सहमतिभन्दा विवाद र विभाजनको बाटोतर्फ अग्रसर भएका छन्। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालसहितका नेताहरू शनिबार आआफ्नै गुटगत छलफलमा सक्रिय भए। निकट नेताहरुसँगको परामर्शमा रहेका प्रधानमन्त्री ओलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग झन्डै एक घण्टा छलफल गरे। लगत्तै उनले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर पार्टीमा गम्भीर संकट आएको भन्दै आफूले कुनै पनि बेला अप्रिय निर्णय लिन सक्ने बताए। प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने अडान दोहो¥याएका ओलीले मन्त्रीहरूलाई आफूले लिने निर्णयको पक्ष वा विपक्ष कता लाग्ने हो भन्नेमा स्पष्ट हुन पनि आग्रह गरेका छन्। ‘स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘म र राष्ट्रपतिविरुद्ध ठूलो षड्यन्त्र भयो।’नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया