काठमाडौं । दैलेखमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् । दैलेख, आठबिस नगरपालिका-४ बस्ने २३ वर्षीया पुरुषलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश माझिलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका राकम बजारमा माझिले खुकुरी प्रहार गर्दा ती पुरुष घाइते भएका र प्रहरीले उनलाई पक्राउ गरेको छ । घाइते पुरुषलाई उपचारको लागि सुर्खेततर्फ लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया