महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन सकेन : जितेन्द्र नारायण देव

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको बताएका छन् ।

सन् २०१७ देखि २०१९ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै देवले यौंनहिंसा र अन्य विभेदका घटनाहरमा कमि आउन नसकेको बताएका हुन् । २ वर्षको अन्तरमा ४ हजार ९ सय ४० वटा बलात्कार, बलात्कारको प्रयास र यौनजन्य घटना भएको उनले बताए ।

जसमा ३ हजार ५ सय बलात्कारका घटना, ४ सय २० बलात्कारको प्रयास र ९ सय ९४ वटा यौनजन्य घटनाहरु घटेको उनले बताए । २६ वटा बलात्कार पछिको घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको उनले बताए । रुकुम पश्चिममा उच्च जातिय अहंकार र सामन्ती मानसिकताका कारण नवराज विकको हत्या भएको उनले बताए ।

देवले नीति निर्माण र शक्तिको अभ्यास हुने ठाउँमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गर्न आवाज उठाउन सरकार, राजनीतिक दल र दलित अधिकारकर्मीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?