करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान आफ्नै घरको पानी धारामा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लागेर २७ वर्षिय दिलबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?