काठमाडौं । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-६ चोरीपुर खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-४ बस्नेहरु ४३ बर्षीय दिपक भण्डारी, २८ प्रकाश शाही, ३२ वर्षीय प्रजिन राई, ३४ वर्षीय कृष्ण बिष्ट, ४० वर्षीय नवल बुढा, सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय नर बहादुर शाही र टिकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश खड्का रहेका छन् ।
उक्त ठाउँमा जुवातास खेलिरहेको उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया