ललितपुरमा थुनुवाद्वारा प्रहरी हिरासतमै आत्महत्या, भेटियो सुसाईट नोट

ललितपुर – महानगरीय प्रहरी परिसर ललितपुरमा एकजना थुनुवाले हिरासतमै आत्महत्या गरेका छन् । बलात्कार आरोपमा थुनामा रहेका २४ वर्षीय दुर्गेश यादवले हिरासतको शौचालयमा तन्नाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

असार १४ गते ग्वार्कोबाट पक्राउ परेका उनीविरुद्ध ५ दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको थियो ।

यादवको स्थायी घर सिरहा हो। कोटेश्वर बस्दै आएका यादव बलात्कार आरोपमा थुनामा थिए ।

अनुसन्धान भईरहेको अवस्थामा उनले आत्महतया गरेको पाईयो ।

ललितपुर प्रहरीले दिएको जानकारी अनुसार मृतकको साथबाट सुसाइट नोट बरामद भएको र त्यहाँ आफूमाथि लगाइएको आरोपबारे लेखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?