काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कुनैपनि व्यक्ति, संघ संस्था, सार्वजनिक संस्थाको कुनै व्यक्तिलाई अनुगमन गर्न फोन ट्यापिङ गर्न पाउने व्यवस्थाको दुरुपयोग हुने खतरा रहेको बताए ।
अहिलेको अवस्थामा समेत सरकारका मन्त्रीहरु फोन रेकर्ड हुने डरले कुरा गर्न डराउने गरेको उल्लेख गर्दै उनले अदालतबाट स्वीकृति नलिइ मुख्य अनुसन्धान अधिकृतले फोन ट्यापिङ गर्न मिल्ने व्यवस्थाको चरम दुरुपयोग हुने बताएका हुन् ।
अहिलेको परिस्थितिमा विशेष सेवा ऐनको आवश्यकता रहेपनि अहिलेको गुप्तचरी संरचनालाई फरक ढंगले परिचालन गर्ने अगाडी बढ्नुपर्ने उनले बताए । उनले भारत अमेरिका लगायतका देशले देशभित्रका लागि एउटा र बाहिरका लागि अर्को गुप्तचर संरचना निर्माण गरेको उल्लेख गर्दै नेपालले किन निर्माण नगर्ने भनेका छन् । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया