चीनद्वारा अतिक्रमण गरिएको नेपाली भू-भागको कांग्रेसले माग्यो हिसाब किताब

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल भारतबीचको सीमाको कुरा उठिरहेको बेला चीनले नेपालमाथि गरेका गतिविधिबारे सरकारसँग जवाफ मागेका छन् ।

उपसभापति निधिले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको साथै हिमालय र सगरमाथाबारे आपत्तिजनक चीनको आपत्तीजनक गतिविधि रहेको समेत बताएका छन् ।

यसैसन्दर्भमा सामाजिक सञ्जालमा लेखेका छन्, “हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो ।”

यस विषयमा पछिल्लो समयत संसदको दुवै सदनमा सांसदहरुले नेपाल कम्युनिस्ट पार्टी नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीसँगको पछिल्लो गतिविधिले छिमेकी देशसँगै सम्बन्धमा नकारात्मक असर पर्ने कुरामा आपत्ती जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?