धुलिखेल, ७ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु केपी ओली नेतृत्वको सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताउनुभएको छ बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उहाँले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने छ भन्नुभयो कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उहाँले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया