सिन्धु साहित्य सम्मेलन सम्पन्न, नुवाकोटका पुरु लम्साल प्रथम

चाौतारा । सिन्धुपाल्चोकको चौतारामा आज दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सम्पन्न भएको छ । दुःखी प्रकाशनको आयोजना र शब्द सारथी सहआयोजक रहेको सम्मेलनमा वागमती प्रदेशका नौ जिल्लाका कविहरुबाट २६ वटा कविता प्राप्त भएका थिए ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद तथा सान्त्वना पुरस्कार तीन/तीन हजारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजुको सभापतित्वमा भएको प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम, धादिङका सुमन आलोक द्वितीय र सिन्धुपाल्चोकका रोजीना पराजुली तृतीय भएका थिए । सिन्धुपाल्चोकका पवन ढुङ्गाना र सविता थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विजयी कवि तथा कवयित्रीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले पुरस्कार प्रदान गरे । सो अवसरमा साहित्यकार तथा पत्रकार अमित घिमिरे, पत्रकारहरु रेवती सापकोटा, प्रमोद न्यौपाने, दामोदर न्यौपाने, साहित्यकार सरल सहयात्री पौडेल तथा सामाजिक अभियन्ता भारद्वाज मित्र सम्मानित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?