काठमाडौं । ७० करोड बढी बार्गेनिङको विवादास्पद टेप प्रकरण पछि राजिनामा दिएका गोकुल बास्कोटा लकडाउन बिच आफ्ना मतदाता सामु पुगेका छन् । केहि दिन अगाडी बनेपाको नालामा पुल उद्घाटनमा पुगेका बास्कोटाले आफु दोषी नभएको दावी गरेका थिए । उनले आफ्ना मतदाता सामु विकास र समृद्धिको लागि आफु लागी परेको बताएका थिए ।
त्यस्तै शुक्रबार बनेपाको साँगामा वडा कार्यालयको भवन सिलान्यासमा पुगेका बास्कोटाले दोषी भए आफु सजाय भोग्न तयार भएको बताए । उनले भने ‘मैले धेरै बोल्नै हुदैन र नबोले पनि हुदैन्ः बोल्लौ नक्कली कथा मञ्चन हुन्छ, नबोलौँ फेरी अर्को कथा बन्छ । आफ्ना मतदाता सामु बास्कोटोले थपे अहिले म न्यायिक परिक्षणमा र सार्वजनिक परिक्षणमा छु । तपाइहरुको जहाँ बिस्वास थियो, त्यो धरमराउनलाइ नक्कली कथा निर्माण भए, तपाइहरुको विस्वासमा चोट पुग्यो, तर म त्यो विस्वासलाइ डगमगाउन दिदिन् । कसैको नक्कलि कथाले तपाइको विस्वासलाइ कसै हल्लाउँदैन् ।
म भ्रष्टचार विरोधी मान्छेलाइ भ्रष्टचारको आरोप लगाइयो अनि मैले दोषी भए कार्वाहि गर भनेर राजीनामा दिएको हुँ । म नै पदमा बसेर अनुसन्धान गर भन्न सकिन, अनुसन्धानलाइ सहज होस् भनेर राजीनामा दिएँ । राजीनामा दिनु मेरो कमजोरी होइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया