भारतसँग सम्बन्ध चिसिएको बेला नेकपाका नेता चिनियाँ नेतासँग भिडियो कन्फ्रेन्समा, मच्चियो खैलाबैला

काठमाडौं-  नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्ध केही चिसिएको छ । यद्यपी यसबारेमा थप कुटनीति प्रयास भईरहेको छ ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरु विदेश विभागलाई कुनै जानकारी नदिई भिडियो कन्फ्रेन्स गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चुलिएको छ।

शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान भईरहेको छ ।

विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै ‘बबण्डर’ सुरु भएको हो। नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ ।

नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफूहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा भएको कन्फ्रेन्स पार्टी कार्यालय धुम्बाराहीमा जारी छ ।

भिडियो संवादमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित करिव सयको हाराहारीमा नेकपाका नेताहरुको उपस्थिती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?