विद्यार्थी अधिकार आन्दोलनमा नेविसंघलाई कसैले रोक्न सक्दैन ः गुरुङ

यतिवेला नेपाली कांग्रेसको भातृ सस्था नेपाल विद्यार्थी संघ विभिन्न गुट र उपगुटबाट ग्रस्त छ । विभिन्न जिल्लामा तोकिएको समयमा अधिवेशन सम्पन्न हुन सकेको छैन । भने केन्द्रिय अधिवेशन तर्फ नेतृत्व उन्मुख हुनुको साटो पदाधिकारीहरुविच आरोपप्रत्यारोप चलिरहेको छ । कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघ गुटगत राजनीतिको कारण चलायमान हुन नसकिरहेपनि विभिन्न जिल्लामा भने संगठनको आन्तरिक क्रियाकलापमा खासै असर परेको छैन । यस्तै नुवाकोट निर्वाचन क्षेत्र नम्बर २(साविक क्षेत्र नं ३)का नेविसंघ अध्यक्ष विजय गुरुङ पनि तोकिएको समयमा अधिवेशन नहुदा केही निराश देखिन्छन् । नुवाकोटको विद्यार्थी राजनीति र नेविसंघको वर्तमान अवस्थाको विषयमा नेविसंघ नुवाकोटको अध्यक्षका आकांक्षी समेत रहेका उनै गुरुङसँग लोकपथ डट कमको लागी गरिएको कुराकानी ःके मा व्यस्त हुनुहुन्छ ?– खासै अहिले पार्टी भातृसंगठनको कार्यक्रम, भेटघाट, संगठन निर्माण,र संगठन सुधार गर्न म लगायत मेरा कार्यसमितिका साथीहरु लागिरहेका छौ पहिले नेबिसंघ अधिवेसनले देशको ध्यान तान्थ्यो । तर, अहिले संगठनभन्दा बाहिर चर्चा छैन । के नेबिसंघको आकर्षण घटेको हो ?– त्यस्तो होइन । नेबिसंघ आकर्षण सधै छ । एजेण्डा र देशको समय, परिस्थिति र आन्दोलनले संगठनको आकर्षण बढाउने गर्दछ । अहिले नेपाली जनताले नयाँ संविधान पाएका छन् । संविधान जारी भएसँगै सत्तरी वर्ष लामो संघर्षको एक अध्याय पुरा भएको छ । अब संविधान कार्यान्वयनको पक्षमा अघि बढ्नुपर्छ । भरखरै प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सकिएको छ । काँग्रेस अहिले प्रतिपक्षको भुमिकामा छ । अब सङगठन सुधार गर्ने समय ५ बर्ष काँग्रेसको छ हामी त्यसैमा लागेका छौ । नेबिंसंघले गरेको कामको प्रचार सडकमा हुनुपथ्र्यो तर हामी आन्तरिक अभ्यासलाई प्राथमिकतामा राखेर अगाडि बढीराखेका छौँ । प्रचारलाई व्यवस्थित गर्न अघि बढिराखेका छौँ । अब नेबिसंघको जिल्ला अधिबेशन पनि सम्भवत हुन्छ होला । यो मौकामा प्रचारलाई नै प्राथमिकतामा राखेका छौँ ।राजनीतिक यात्रामा सुख, दुःख र पीडामा रमाउन सक्नु पर्छ । पारिवारिक र सामाजिक जीवनलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ । यी सबै चुनौतीको सामना गर्ने साहसका साथ राजनीतिमा अहिले सक्रियताका साथ अघि बढेको छु हिजोको भन्दा त नेबिसंघ र विद्यार्थी आन्दोलनको आकर्षण घटेकै हो नी, किन यस्तो भयो ?–नेबिसंघ राष्ट्रियता, जनजीविका र राजनीतिक आन्दोलको एउटा बाहक हो । नेबिसंघ लाखौँलाख विद्यार्थीको नेतृत्व गर्ने संगठन हो । अहिले हिजोको भूमिगत काल र ०३६ सालको जस्तो अवस्था र आन्दोलन छैन । त्यो अवस्थाको विद्यार्थी संगठन र अहिलेको तुलना गर्न मिल्दैन । पार्टीको नेतृत्व, लोकतन्त्रको सुदृढीकरण र अभ्यासमा कमजोरी भएको छ । त्यसको प्रभाव भातृ संगठन र जनवर्गीय संगठनमा प्रत्यक्ष रुपमा परेको छ । पार्टीको मूल नेतृत्व वैचारिक नहुदा नेबिसंघलाई समस्या आइपरेको छ । विद्यार्थी नेतृत्व राजनीतिक अराजकता, आर्थिक, शैक्षिक अनियमितता, अपराधिक गतिविधिमा संलग्न हुँदा विद्यार्थी आन्दोलन कमजोर हुँदै गएको छ । नेबिसंघले अराजकता, शैक्षिक विकृति, विसङ्गतिका विरुद्ध शैक्षिक रुपबाट आन्दोलनको गर्नुपथ्र्यो तर त्यो हुन सकेको छैन । विद्यार्थी नेता व्यापारमा संलग्न भएका छन् । विद्यार्थीको हितभन्दा पनि आफू केन्द्रित समूह बनाएर राजनीति गरिराखेका छन् ।विभिन्न कारणले विद्यार्थी आन्दोलनको लोकप्रियता घट्दै जाँदा विद्यार्थी आन्दोलनमा डरलाग्दो चुनौती देखा परेको । यो चुनौतीलाई सामना गर्नका निम्ति हामीले अब आउने नेतृत्व र अब हुने अधिबेशनलाई सदुपयोग गर्नुपर्छ । हामीले चाहिँ विद्यार्थी आन्दोलनको गरिमा, विरासत र आकर्षण बढाउनका निम्ति हार र जितको लडाईं गर्नु हुँदैन । सबैल विद्यार्थी आन्दोलनलाई बलियो बनाउनका निम्ति त्याग र बलिदान गर्न सक्नुपर्छ

नेविसंघ कसैको बिर्ता हैन संङगठनको पनि नियम हुन्छ बिधान हुन्छ ,नियमावली हुन्छ यो अनुसार जाने हो भने अब सबै नेबिसंघको अधिवेशन गराउने माहौल निर्माणतर्फ लाग्नुपर्छ । यसमा नेबिसंघको बिधानमा स्पस्ट रुपमा छ की पद अबधी सकिएको छ महिना भित्र अधिबेशन गराउन पर्छ भन्ने कुरा । अर्को कुरा के भयो भने आगामी दिनमा भएको स्थानिय निर्बाचन,प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनले गर्दा मिति सकिएपनि निर्वाचन हुन नसकेको हो हामी पार्टीभित्र कै क्रियाकलापमा सहभागी भएका थियौ अब हामी आन्तरिक संगठन सुधार्न लाग्नेछौ । हामी जो विद्यार्थी राजनीतिमा विश्वास गछौँ हामीजस्ता हजारौँ साथीको आग्रह र दबाबमा नेविसंघ नुवाकोटको अधिवेशन अब छिट्टै हुन्छ, हुनुपर्छ ।

अहिलेको स्थितीलाई हेर्दा परिस्थिती जटिल देखिन्छ नेबिसंघको अधिबेशन भएको २ बर्ष पुरा भइसक्यो तोकिएको समयमा किन निर्बाचन भएन त बिजय जी ?मेरो व्यक्तिगत विचार भन्नुहुन्छ भने त केही व्यक्तिले नेविसंघलाई झोलामा राख्न खोजे । तर नेबिसंघ कसैको बिर्ता हैन संङगठनको पनि नियम हुन्छ बिधान हुन्छ ,नियमावली हुन्छ यो अनुसार जाने हो भने अब सबै नेबिसंघको अधिवेशन गराउने माहौल निर्माणतर्फ लाग्नुपर्छ यसमा नेबिसंघको बिधानमा स्पस्ट रुपमा छ की पद अबधी सकिएको छ महिना भित्र अधिबेशन गराउन पर्छ भन्ने कुरा । अर्को कुरा के भयो भने आगामी दिनमा भएको स्थानिय निर्बाचन,प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनले गर्दा मिति सकिएपनि निर्वाचन हुन नसकेको हो हामी पार्टीभित्र कै क्रियाकलापमा सहभागी भएका थियौ अब हामी आन्तरिक संगठन सुधार्न लाग्नेछौ । हामी जो विद्यार्थी राजनीतिमा विश्वास गछौँ हामीजस्ता हजारौँ साथीको आग्रह र दबाबमा नेविसंघ नुवाकोटको अधिवेशन अब छिट्टै हुन्छ, हुनुपर्छ राजनीतिमा बिजय गुरुङको सपना के ?आजसम्मको राजनीतिक कालखण्डमा मैले धेरै पीडा र संघर्ष भोगेको छु । मेलै राजनितिमा कहिले सपना देख्दिन कहिले के हुन्छ कहिले के समय र परिस्थीतीले के भन्छ त्यसैमा मैले चित्त बुझाउने छु अब नेबिसंघको कुन पदमा बिजय गुरुङको उमेद्वारी हुन्छ ?हेर्नुस म नेबिसंघको क्षेत्रिय अध्यक्ष भैसकेको छु । मेलै मेरो कार्यकालमा धेरै काम पनि गरेको छु त्यो कुनै अरु क्षेत्र र सम्रग जिल्लाले पनि गर्न सकेन । धेरै बिद्र्याथीले बुझेका छन । अब नेबिसंघको अधिबेशनमा मेरो उमेद्वारी अध्यक्ष पदमा नै हुन्छ । म बिद्यार्थीको हक र हितको लागी लड्ने नै हो बिद्यार्थीको उल्लासमय सहयोग पाउनेछु । हिजो नेविसंघ नुवाकोटमा के कमजोरी थियो त्यो समिक्षा गर्दै सुधार गर्न आतुर छु । कसैले नेविसंघलाई गुटगत भुमरीमा राख्दै संगठन निर्माण र चलायमान बनाउन रोक्न खोज्छ भने त्यसलाई चिर्दै केन्द्रको निर्णय र निर्देशन बमोजिम नुवाकोटका हरेक विद्यालय र क्याम्पसमा कलम र मशाल अकिंत झण्डा फहराउने वाताबरण हामी शिर्जना गर्नेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?