काठमाडौं । पर्सामा डिउटीमा खटिएको प्रहरीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । बीरगंज महानगरपालिका-१६ ईनर्वा चोकस्थित डिउटीमा खटिएको प्रहरीमाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर बस्ने ३५ वर्षीय सुरेन्द्र भन्ने मुकेश साह कलवारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बीरगंजबाट छोकडा लगायतका मालबस्तु लोड गरी अवैध रुपमा भारतको रक्सौलतर्फ लाँदै गरेको ट्याक्टर उक्त सामान सहित मंगलबार प्रहरीले पक्राउ गरेको विषयलाई लिई डिउटीमा खटिएको प्रहरीसँग अपशव्द प्रयोग गरी वादविवाद, झैझगडा तथा दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ व्यक्ति उपर सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया