काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठिक नभएकाले उनलाई छिटो बिदा गर्नुपर्ने बताएका छन् ।
कोरोना संक्रमणको बेला प्रधानमन्त्री ओलीले दिएको तर्कका आधारमा भट्टराइले पटक पटक बेसुरका कुरा गरेको भन्दै त्यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, “देशको प्रमले पटकपटक यस्ता वेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ? सबैले साहस बटुलेर भन्नैपर्छ- प्रमको स्वास्थ्य ठीक छैनसछिटो विदा दिनैपर्छ !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया