काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले वर्तमान सरकारलाई फाँसीबादीको संज्ञा दिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले फागुन ६ गते नेकपाको भातृ संगठन युवा मोर्चाले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा हस्तक्षेप गरेर फाँसीवादी चरित्र देखाएको बताएका हुन् बैद्यल जारी गरेको विज्ञप्तिमा भनेका छन् ‘ कार्यक्रमका बेला नेपाल सरकारद्वारा सशस्त्र प्रहरी हस्तक्षेप गरी नेता क. हेमन्त प्रकाश ओली, पद्म राईसहित दर्जनौं युवा कार्यकर्तालाई गिरफ्तार गरिएको छ । युवा मोर्चाको शान्तिपूर्ण रुपमा आयोजित सम्मेलनमा आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारद्वारा गरिएको यस प्रकारको फासिवादी हस्तक्षेप, दमन तथा गिरफ्तारीको हाम्रो पार्टी कडा विरोध, निन्दा एवम् भत्र्सना गर्दछ ।’साथै क्रान्तिकारी माओवादीले गिरफ्तार गरिएका हेमन्त प्रकाश ओलीसहितका सम्पूर्ण नेता तथा युवाहरुको अविलम्ब रिहाइका लागि सरकारसँग माग समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया