संघीयता सफल हुने नहुने जिम्मा कर्मचारीहरुको हातमाः सभामुख अधिकारी

पोखरा, ७ फागुन । ४ नं. प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संघीयता सफल हुने र नहुने जिम्मा कर्मचारीहरुको हातमा रहेको बताए मुलुकमा संघीयता कार्यान्वयनकै चरणमा प्रदेश सरकार गठन भइरहेकाले कर्मचारीहरुको सहयोगबिना संघीयता सफल नहुने सभामुख अधिकारीको भनाइ छ प्रदेशसभा सचिवालयका कर्मचारीका लागि तयार पारिएका अभिमुखीकरण कार्यक्रममा सभामुख अधिकारीले सिकाइ र अनुभवका हिसाबले सुरुवाती चरण भएकाले संघीयत कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताइ ‘संघीयता कार्यान्वयनमा हामी सिक्दै छौं,’ अधिकारीले भने, ‘कर्मचारीले सहयोग गरे हामी सिकेर सन्देश दिन सक्छौं ।’कर्मचारीले सहि तरिकाबाट प्रदेश सरकार सञ्चालनका लागि सहयोग गरे आफू सफल हुने अधिकारीले बताए । प्रदेश सरकार संघीयताको जग बसाल्ने क्रममा रहेको बताउँदै अधिकारीले समाजवाद उन्मुख समृद्ध प्रदेशका लागि आफ्नो भूमिका रहने प्रस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?