काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बजेटमामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन । त्यो त एउटा हुल आएको हो । जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन’, प्रधानमन्त्रीको भनाइ छ । उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए ।
प्रधानमन्त्रीले ओलीले अहिलेसम्म बाहिरबाट आएकामा मात्रै संक्रमण देखा परेको भन्दै सरकारको सजगताका कारण समुदायमा फैलन नपाएको दावी समेत गरे ।
‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन् । यहाँ समुदायमा फैलिएको छैन’प्रधानमन्त्रीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया