कोरोनाका कारण समस्यामा परेका श्रमिक र रोजगार दाताबाट जम्मा हुने रकम सरकारले व्यहोर्ने

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा कोषमा १ अर्ब २९ करोड ५७ लाख रुपैयाँ संकलन भएको र कोरोनाका कारण समस्यामा परेका श्रमिक र रोजगार दाताबाट जम्मा हुने रकम अहिले सरकारले व्यहोर्ने बताए । प्रतिष्ठानहरुलाई आफ्ना कर्मचारीलाई तलब खुवाउन समस्या परेमा कोषबाट ऋण प्रवाह गर्न सकिने प्रावधान पनि बनाइएको उनले बताए ।

उनले संघ मार्फत ५० हजार र प्रदेशबाट ७५ हजारलाई रोजगारी प्रदान गर्नेगरी कार्यक्रम अगाडी बढाइएको बताए ।

विदेशबाट निःशूल्क नेपाली नागरिकलाई फर्काउनुपर्छ भन्ने सांसदहरुको जिज्ञासामा उनले भने, ‘‘वैदेशिक रोजगार ऐनमा श्रम स्वीकृति लिएर गएका र १५ सय, २५ सयको योगदान दिएका श्रमिकहरु अफ्ठ्यारोमा पर्‍यो, महामारीमा पर्‍योे र फर्किँदा आर्थिक अवस्था दयनिय भएको अवस्था हो भने बोर्डबाट रकम तिर्नेगरी व्यवस्था भएको छ । त्यही अनुसार काम भइरहेको छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?