ओली–प्रचण्डमै अड्कियो गाँठो

काठमाडौं, ७ फागुन-एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको गाँठो अध्यक्ष तहमा नै अड्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता बसेर आइतबारै संयोजन समितिको बैठक बस्ने तयारी रहे पनि दुई नेतामा नै कुरो नमिलेपछि संयोजन समितिको बैठक बस्न सकेन दुई पार्टीबीच एकतामा मार्गनिर्देशक सिद्धान्त मुख्य विवादित विषय रहेको नेताहरूले बताएका छन् । अध्यक्षबाहेकका नेताको व्यवस्थापन राष्ट्रपति र सभामुखलगायत बाँडफाँटको विषय प्याकेजमै मिलाउन नेताहरू जुटे पनि सहमतिमा पुग्न सकेका छैनन् नेताहरूले भने वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । ओलीको सचिवालयले दुई नेताबीच सकारात्मक ढंगले छलफल चलिरहेको र यथाशक्य चाँडो संयोजन समितिको बैठकबाट निष्कर्षमा पुगिने जनाएको छ । यता, मार्गनिर्देशक सिद्धान्तका रूपमा जनताको बहुदलीय जनवाद हुनैपर्ने एमालेको अडानका कारण ओली–दाहालबीचको वार्तासमेत निष्कर्षमा पुग्न सकेको छैन माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले नेताहरूले जबजलाई भावनात्मक रूपमा अघि सारेको ब्रिफिङ गरेका छन् । ‘पार्टी एकताको विकल्प छैन, एकता कुनै पनि हालतमा गर्नैपर्छ र यो ढिलो चाँडो सम्पन्न हुन्छ,’ दाहालले पार्टी संसदीय दलको बैठकमा आइतबार भने, ‘तर पछिल्लो समय एमाले नेताहरूले सैद्धान्तीक विषयलाई भावनात्मक रूपमा उठाइरहेका छन्, यसमा कुनै ठाउँमा पुगेर सहमति नगरी हुन्न ।’राजधानी दैनिकमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?