काठमाडौं, ७ फागुन – सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने कि नरहने, रहेमा पनि कसको मातहत रहने भन्ने प्रश्न प्रशासन वृत्तमा अहिले निकै चर्चाको विषयम बनेको छ माघको दोस्रो साता प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालय प्रदेशको मातहत राखे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए यसले गर्दा पनि यो बहसले अझ सघन रुप लिएको पाइन्छ । संविधानले संघ, प्रदेश र स्थानीय तहलाई मात्रै सरकार वा प्रशासनिक निकाय मानेको छ साविकका जिल्ला र विषयगत कार्यालयहरुले गर्ने काम संविधानले गाउँपालिका र नगरपालिकालाई दिएको छ जिल्लामा गाउँपालिका, नगरपालिकासँग समन्वय गर्न जिल्ला समन्वय समिति रहने संविधानमा भनिएको छ अधिवक्ता सुनीलरञ्जन सिंहले जिल्ला प्रशासन कार्यालयबारे संविधानले स्पष्टरुपमा केही नबोलेको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया