डीएसपी ढुङ्गेल साधारण तारेखमा रिहा

काठमाडौं । डकैतीको आरोप खेपिरहेका डीएसपी कुमुद ढुङ्गेल साधारण तारेखमा रिहा भएका छन् ।

महानगरीय अपराध महाशाखाले काठमाडौंको एउटा घटनामा पक्राउ परेका अभियुक्तसँग उनको नियमित सम्पर्क देखिएको आरोपमा मुद्दा खेपिरहेका डीएसपी कुमुद ढुङ्गेललाई अदालतले साधारण तारेखमा राख्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले ढुङ्गेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो । यो सँगै निलम्बित रहेका ढुङ्गेल प्रहरी सेवामा फर्किने बाटो खुलेको छ । उनी मुद्दा दर्ता भएसँगै १९ वैशाख २०७६ बाट निलम्बनमा थिए ।

२६ चैत २०७५ मा रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुङ्गेलबीच नियमित सम्पर्क हुने गरेको आरोपमा उनलाई समेत प्रतिवादी बनाइएको थियो ।

रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले ६ वैशाख २०७६ मा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?