नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरणसहित)

काठमाडौं – नेपालमा आज (मंगलवार)  एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९२ जना पुरुष र ४९९ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरे ।

उनका अनुसार आज फेला परेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार १५८ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा आज मात्रै थप ११७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

यसैबीच नेपालमा हिजो (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जो नेपालमा एकैदिनमा थपिएका आजसम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।

बढेको बढ्यै छन् संक्रमित : कहाँ कति बढे ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार :

झापामा भएको परीक्षणमा : झापाका १ पुरुष र पाँचथरका एक महिला गरी २ जना

धरानमा भएको परीक्षणमा : सुनसरीका २ सिरहाका २ पुरुष गरी ४ जना

जनकपुरमा भएको परीक्षणमा : रौतहटका ५ जना महिला ३३ जना पुरुष, महोत्तरीका १ महिला १६ जना पुरुष गरी ५५ जना,

विरगञ्जमा भएको परीक्षणमा : पर्साका २ जना पुरुष

पोखरामा भएको परीक्षणमा : गोरखाका १ जना महिला ९ जना पुरुष, नवलपरासी पूर्वका २ जना पुरुष, बाग्लुङका १ जना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका ३ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष गरी २१ जना

सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा : अछामका १ पुरुष, बैतडीका १ महिला र २० जना पुरुष, डोटीका १ महिला र १९ जना पुरुष, कञ्चनपुरका ११ जना पुरुष, कैलालीका ४ महिला र १९ जना पुरुष गरी ७६ जनामा पोजेटिभ देखिएको छ ।

बाँकेमा भएको परीक्षणमा : बाँकेका १ जना पुरुष र बर्दीयाका ९ जना पुरुष गरी १० जना

राजविराजमा भएको परीक्षणमा : सप्तरीका ३ जना पुरुष

भरतपुर अस्पतालमा भएको परीक्षणमा : नवलपरासी पूर्व १ जना पुरुष

रुपन्देहीमा भएको परीक्षणमा : अर्घाखाँची १ जना महिला र दुईजना पुरुष, रुपन्देहिका १ जना पुरुष

सुर्खेतमाभएको परीक्षणमा : दैलेखका ५ जना पुरुष, सुर्खेतका १ जना महिला र ३ जना पुरुष

धुलिखेल अस्पतालमा भएको परीक्षणमा : धनुषाका २१ जना पुरुष र रामेछापका १ जना पुरुष गरी २२ जना

दाङमा भएको परीक्षणमा : सल्यानका १ पुरुष, दाङका १० जना महिला ४६ जना पुरुष ५७ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा : अर्घाखाँची ६ जना पुरुष, काठमाडौंका एक जना महिला, महोत्तरीका १ जना महिला ७१ जना पुरुष , मोरङका एक जना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका १ जना पुरुष, रुपन्देहिका ३ जना पुरुष र सर्लाहीका १६ जना पुरुष गरी  गरी १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

 

कति भयो परीक्षण ?

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ ।

आइसोलेसनमा कति ?

अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् ।

क्वारेन्टाइनमा कति ?

क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।

काठमाडौंकी १ महिलामा देखियो कोरोना संक्रमण

मंगलवार काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंकी १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पोखराका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण

पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा कोरोना संक्रमण देखिएसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याँउने तयारी भइरहेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए । त्यस्तै उनको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ ।

तनहुँको जिल्ला शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा १२ र ४६ वर्षका पुरुषहरु रहेका छन् । उनीहरुलाई तनहुँ शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा लगिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ ।

संक्रमणमुक्तको विवरण यस्तो 

नेपालमा थप १ सय १७ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार १ सय ५८ पुगेको छ ।

आज धरानबाट १ जना महिला र ६ जना पुरुष कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

बाँकेबाट २२ जना पुरुष डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालबाट ३ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

त्यस्तै, भिम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष डिस्चार्ज भएका छन् ।

कोभिड क्लिनक अस्पतालबाट २५ जना पुरुषले कोरोना संक्रमण जितेका प्रवक्ता गौतमले बताए ।

कालिकोटमा २४ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन् । साथै दैलेखमा २ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रादेशीक अस्पताल सुर्खेतमा २ जनाले कोरोना संक्रमण जितेर। अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

पर्सामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
पर्साको विरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूष रहेका छन् ।

उनीहरु भारतबाट जेठ २३ गते रक्सौल हुँदै वीरगन्ज आएका थिए ।

क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा उपाध्यायले जानकारी दिए । वीरगन्जको वडा नम्बर ३ का ३१ बर्षका पुरुष भारतको नयाँ दिल्लीबाट आएका थिए भने वीरगन्जको वडा नम्बर ४ का २३ बर्षका पुरूष भारतको बेङ्गलोरबाट आएका थिए ।

संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विशेष करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?