रुकुम घटनामा नयाँ ट्वीस्टः १७ वर्षीया युवतीले दिइन् यस्तो बयान

काठमाडौं । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाबारे यतिबेला छानबिन शुरु भएको छ । उनकी प्रेमिका भनिने मल्ल थरकी युवतीको घरमा जाँदा नवराज विक र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको भन्दै ती युवतीले बयान दिएकी छिन् ।

‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’ रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्

त्यस्तै ती युवतीले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताइन् ।

यस्तो छ नवराजकी प्रेमिका भनिने मल्ल थरकी युवतीले प्रहरीसमक्ष दिएको बयान

मृतक नवराज बि।क।ले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेण्ड
रिकोईष्ट पठाएका मैले एक्सेप्ट गरी सोही मिति देखी साथी भई कुराकानी र भेटघाट हुने
गर्थ्यो, परिचय हुदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा
रमाईलो मेला लागेकाले मेला हेर्न गएको मौकामा मृतकसँग भेट भएकोले सो रातमा
मृतककै घरमा बाँस बसी भोली पल्ट घर गएकी हुँ, सो पश्वात पनि मिति २०७६ पौष
महिना गते एकिन भएन, मृतक नवराज बि.क.को बहिनी नाता पर्ने मेरो साथी पुजा
भन्नेको भाईको जन्मदिनमा गएको मौका समेत भेट भएकोले सो दिन समेत मृतककै घरमा
गई सुति भोली पल्ट घर गएकी हुँ, सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी
आएकी भन्ने सोचेका रहेछन, तर म विवाह गरी गएकी होईन, निजले फोनमा मलाई
विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए, निजको
घरमा बसेको त्यति नै हो,मलाई मिति एकिन भएन मृतक नवराज बि।क।ले आफ्नो साथी
चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा
झ्यालबाट ढुङगा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ, भोली
पल्ट बिहान पनि निज नवराज बि.क.समेत मेरो घर नजिकै हिडिरहेको देखी मेरो बुवा
आमा समेतले संम्झाई आफ्नो घर तर्फ पठाएकोमा २०७७ साल बैशाख महिनाको गते
याद भएन, निजले आफ्नो साथी सन्जु बि.क.लाई ल्याई मेरो गाउँमा आएको रहेछ तर
मैले देखिन गाउँले भनेको सुनेकी थिएं, मिति २०७७।०१।१७ गते राती ८ः९ बजे समेत
निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घन नजिकै आएको मौकामा मेरो
बुवा,आमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बर बहादुर मल्ल, विनोद मल्ललाई
समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई
बुझाई छोडेका थिए, मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज बि.क.लाई
ँबअभदययप मा द्ययिअप गरे देखी निजसँग कुनै कुरा भएन, मेरो भाईको मोबाईलबाट
म्यासेजमा कुराकानी भएको थियो, वारदातको दिन नवराज बि.क.ले केटाहरु ल्याएर
आउँदै छन भन्ने कुरा मलाई थाहा थिएन, मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज
नवराज बि.क.ले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ
सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ सो कुरा आमाले मलाई मिति
२०७७।०२।१ः२ गते तिर भनेपछि मात्र थाहा पाएकी थिएं, मिति २०७७।०२।१०
गतेको दिन म घर कोठामा त्।ख्।हेरी रहेकी थिए, मेरो घर नजिक नवराज बि.क.समेतका
केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ, सो कुरा आमाले
मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए तर
मैले केटाहरुलाई देखीन, म घटनास्थलमा गएकी छैन, सो दिनको दिउँसो के कसो भयो
मलाई थाहा छैन । सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी
नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलीपल्ट साथीहरुसँग
फेसबुकमा कुराकानी हुँदा नवराज बि.क.को मृत्यु भएको सुने, पछि बुझ्दा मेरो बुवा,दाई
समेतले नवराज बि.क.समेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना
केटाहरुलाई कुटपिट गरी मारेको पुर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको परिवर्तित नाम
५४ रुकुम पश्चिम ३६ को मिति २०७७।२।२७ गतेको बयान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?