कोरोनाको कहर : कुन प्रदेशमा कस्तो छ अवस्था ? ‘ग्राफमा’ हेर्नुहोस्

काठमाडौ : लकडाउनको मोडालिटी परिवर्तन गरी खुकुलो बनएर लागू भएकै दिन नेपालमा हालसम्मकै सबैभन्दा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । परीक्षणको दायरा केही बढाउनेबित्तिकै संक्रमित तिव्र गतिमा बढीरहेका छन् ।नेपालमा कुल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।  १ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा अहिलेसम्म १९ जनाको मृत्यु  भएको छ।

हालसम्मकै उच्च संख्यामा थपिए संक्रमित, कहाँ कति ? 

सोमवार एकैपटक ४ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा उच्च अंक हो । यससँगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४५१ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

उनका अनुसार आज पुष्टि भएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार ४१ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज मात्रै नेपालमा थप ६७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

यसैबीच नेपालमा हिजो (आईतवार) एकैपटक ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कहाँका हुन् थपिएका संक्रमित ?

मन्त्रालयका अनुसार प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ जिल्लाका महिला १ जना नारायणी अस्पताल विरगञ्जमा भएको परीक्षणमा पर्साको १ जना महिला र ९ जना पुरुष र रौतहटको एक जना पुरुष गरी ११ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना पुरुष, सेती अस्पताल प्रयोगशाला कैलालीमा भएको परीक्षणमा अछामका ३ जना पुरुष, कैलालीका १ जना महिला र १ जना पुरुष डोटीको १ जना महिला र ३ जना पुरुष गरी ९ जना, भेरी अस्पताल प्रयोगशालामा बाँकेका ५ जना पुरुष, बर्दीयाका २ जना महिला र १४ जना पुरुष, प्यूठानका २ महिला र १ जना पुरुष गरी २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा दैलेखका १ जना महिला ४ पुरुष गरी जम्मा ५ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० जना पुरुष र धनुषाका ४ जना पुरुष गरी २४ जना र भरतपुर अस्पताल प्रयोगशाला मा गरिएको परीक्षणमानुवाकोटका २ जना महिला र एक जना पुरुष, अर्घाखाँचीका ३ जना पुरुष र चितवनको एक जना महिला गरी ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षणमा गुल्मीका २ र रुपन्देहिका ५ जना पुरुष गरी ७ जना, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा सुनसरीका १ महिला, २ पुरुष मोरङको २ महिला १९ पुरुष, झापाका १ पुरुष २५ जना, प्रादेशीक अस्पताल सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका ३ जना महिला ५० जना पुरुष र सुर्खेतका १ जना महिला र १८ जना पुरुष गरी १ सय ७ जना, धुलिखेल अस्पताल प्रयोगशालामा रोल्पाका ४ जना पुरुष र काठमाडौंका १ जना पुरुष गरी ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा ७ जना महिला र ३६ जना महिला गरी ४३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कैलालीका १ जना पुरुष , किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशाला हेटौँडामा रौतहटका २ जना महिला र २३ जना पुरुष गरी २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गरीएको परीक्षणमा धादिङको ९ जना पुरुष, काठमाडौंको १ जना पुरुष गरी १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंको २ जना महिला गरी ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना पुरुष, गुल्मीको ७ जना पुरुष, कपिलवस्तुको १ जना पुरुष, महोत्तरीको १० जना पुरुष पाल्पाका १० जना पुरुष रौतहटका २ जना महिला र ७४ जना पुरुष, रुपन्देहीको २ महिला र ५ पुरुष,सर्लाहीका २३ जना पुरुष सीराहका ४ जना पुरुष गरी १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

कुन प्रदेशमा कस्तो छ अवस्था  ?
कोरोनाको कारण सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यसपछि सबैभन्दा बढी प्रभाव प्रदेश ५ मा परेको छ ।
‘ग्राफमा’ हेर्नुहोस्

 

पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ ।

देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् । आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?