काठमाडौं । दाङमा नेपाल विद्यार्थी संघ(नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ ।
आइतवार साँझ नेविसंघले जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेको छ ।

सांसद गिरीले राष्ट्यिताको विषयमा आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै नेविसंघका नेता आकाश भण्डारी र अरुण लहरे को नेतृत्वमा भएको आन्दोलनमा भएको थियो ।

नेपालले अतिक्रमित भूमीसहितको नक्सा जारी गरी संसदबाट पारित गराएकोमा सांसद गिरीले अपत्ती जनाएकी थिइन् । साथै संसदमा हिन्दीबाट भाषण गरेकोप्रति पछिल्लो समय सांसद गिरीको धेरै आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया