काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन)को जहाजमा १८ जना नेपालीलाई स्वदेश फर्काएका छन् । उनीहरु अफगानिस्तानबाट स्वदेश फर्काएका हुन् ।
आइतबार बिहान अफगानिस्तानबाट उडेको जहाज पौने १ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरू संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत थिए ।
कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दिएको जानकारी अनुसार उक्त मिसनमा कार्यरत नेपालीहरु आफैँले जहाज चार्टर्ड गरेर फर्किएका हुन् ।
त्यस्तै आजै मात्र बांगलादेशबाट २६४ नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आउदैं। नेपाल एयरलाइन्सको उक्त जहाज काठमाडौंबाट ढाका उडिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया