राष्ट्रपति विद्यादेवी भण्डारी पूजापाठका लागि पशुपतिनाथमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान पूजापाठका लागि हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ पुगेकी छिन् ।

संघीय संसदको प्रतिनिधिसभाबाट शनिबार निसान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक पारित भएसँगै राष्ट्रपति भण्डारी पूजापाठका लागि पशुपतिनाथ पुगेकी हुन् ।

बिहान ९ बजेतिर पशुपतिको पश्चिम गेट हुँदै मन्दिर प्रवेश गरेकी उनी करिब आधा घण्टा मन्दिरमा रहेकी थिइन् ।
सो क्रममा उनले देशको प्रगति, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित भएसँगै भारतसँग कूटनीतिक वार्तामार्फत भूमि फिर्ता ल्याउन सफल भइयोस् भन्ने कामनासहित पूजापाठ गरेकी थिइन् ।

राष्ट्रपति पशुपतिनाथ दर्शनका पुग्दा पशुपति क्षेत्रविकास कोषका कोषाध्याक्ष डा मिलन कुमार थापालगायतले स्वागत गरेका थिए ।

तस्वीर : गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?