श्रीमतीको पैसा चोरेर फुटबल क्लब खरिद गर्दा यस्तो आपत् !

लण्डन, ६ फागुन । मस्ती गर्न कसलाई रमाईलो लाग्दैन र । तर धेरैजसो मानिस यसको सीमामा रहेका हुन्छन् र त्यो तोड्न उनीहरुलाई सहज हुँदैन पेशाले व्यापारी रहेका सुलेमान अल फहिम प्रिमियर लिगका क्रममा यता उता घुमिरहेका थिए, तब उनले बेलायती फुटबल क्लब ‘पोर्टसमाउथ’ किन्ने निर्णय गरे यो सन् २००९ को कुरा हो र ‘पोर्टसमाउथ’ लाई इङल्याण्डको एक ऐतिहासिक क्लबको रुपमा हुने गर्दथ्यो । यद्यपि त्यसबेला पोर्टसमाउथ आर्थिक समस्यामा जुधिरहेको थियो सुलेमान अल फहिमलाई क्लबको समस्या समाधान गर्नसक्ने विश्वास थियो । यसअघि सन् २००८ मा म्यान्चेस्टर सिटीलाई अबुधाबी युनाइटेड ग्रुपले खरिद गरेको थियो । यसमा सुलेमानको प्रमुख भूमिका थियो तर सुलेमानको यो दुस्साहस केबल ६ सातामात्रै चल्यो । पोर्टसमाउथलाई किन्ने उनको कोशिसको नतिजा गम्भीर आयो । यो नतिजा यति हदसम्म गम्भीर थियो कि फुटबल क्लब पोर्टसमाउथ र सुलेमान अल फहिम १० वर्षपछि पनि यसबाट पार पाउन सकेका छैनन् यसैवर्षको १५ फेब्रुअरीमा सुलेमानलाई एक अदालतले धोखाधडी, जाली दस्तावेज र ७ मिलियन डलर चोरीमा साथ दिएकोमा दोषी ठहर गरेको छ सुलेमानले यो पैसा अरुको नभएर आफ्नै पत्नीको चोरेर फुटबल क्लबका सामग्री किनेका थिए । उनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ सुलेमान की पत्नीलाई बैंक खाताबाट भइरहेको यो चोरीबाट तनाव उत्पन्न भएको थियो । दुबई क्रिमिनल कोर्टले बैंकका म्यानेजरलाई समेत ५ वर्षको जेल सजाय सुनाएको छ जब सुलेमान अल फहिमले पोर्ट्समाउथ किनेका थिए, त्यसबेला उनले ८० मिलियन डलरभन्दा बढी रकम तिरेका थिए । त्यसबेला इङलिस फुटबलमा पोर्टसमाउथ प्रतिष्ठित फुटबल क्लबमा चिनिन्थ्यो ।त्यसको केही समयअघि मात्रै सो क्लबले एसोसिएसन कप जितेको थियो । त्यतिमात्रै होइन उनको अधिनमा पोर्टसमाउथ आएपछि पहिलो पटक क्लब युरोपेली प्रतिस्पर्धाका लागि छानिएको थियो तर पोर्टसमाउथ किनेको ४० दिनपछि उनलाई आर्थिक समस्या हल हुने जस्तो लागेन र धेरैजसो शेयर बेचे । चार वर्षपछि पोर्टसमाउथलाई दुई पटक डिफल्टर घोषित गरियो भने ७ पटक यसका मालिक फेरिए क्लब किनेपछि उनले नयाँ रंगशाला, एकेडेमी र कर्मचारी राख्ने तथा सन् २०१५–२०१६ सम्ममा आफूसँग हुने र शीर्ष ८ क्लबमा सामेल भएको हेर्न चाहेका थिए । तर उनको यो सपना भने पूरा भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?