टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम

काठमाडौं । आइतबार बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । हरेक तीन महिनामा हुँदै आएको कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गर्ने गरेका छन् । त्यस क्षेत्रका व्यापारीहरु तथा अन्य क्षेत्रका व्यक्तिहरुले समेत रक्तदान गर्दै आएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष महोम्मद हुसेनले बताए ।

त्यसक्षेत्रका विभिन्न ठाउँमा कार्यक्रम आयोजना हुँदै आएको छ । पुरानो बसपार्क, इचुमती कृषि तरकारी बजार र युवा समूहको समेत रक्तादान कार्यक्रममा सहभागिता रहँदै आएको छ । १० बजेटबाट सुरु भएको रक्तादन कार्यक्रम दिउँसो २ बजेटसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?