काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका छन्।
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता भएको थापाले बताएका छन् ।
उनले १७ हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध प्रचण्डमा भएको भन्दै नेपालको एकिकरण र अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य भएको बताएका छन् ।
उनले सिंगोराष्ट्र एकढिक्का भएर, सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुने पनि बताएका छन् ।
ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षागर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री भए भन्नेमा आफूलाई आश्चर्य लागेको पनि थापाले बताएका छन् ।
आज संसदमा बोल्दै प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिएको अभिव्यक्ति दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया