यी हुन् आजको बैठकमा अनुपस्थित सांसदहरु

काठमाडौं । प्रतिनिधि सभाको शनिवारको बैठकले एक एतिहासिक निर्णय गर्दै नयाँ निशान छापसहितको नेपालको नक्सा संसदबाट दुइ तिहाइ भन्दा बढी मतले पारित गरेको छ ।

मतदानमा २ सय ५८ जना सहभागी भएकोमा २ सय ५८ मत नै प्राप्त भएको थियो । २ सय ७५ सदस्यीय संसदमा बाँकी अन्य १७ सांसद भने अनुपस्थित रहेका थिए ।

शनिवारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् ।

सरिता गिरी बैठक बहिष्कार गरि बाहिर निस्किएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?