काठमाडौं । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको प्रतिवाद गरेका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफलमा भाग लिँदै प्रचण्डले विभिन्न कालखण्डमा नेपालको राजतन्त्रले गुमाएको देशको भूमि गणतन्त्रले फिर्ता लिने अभियान सुरु भएको बताएका थिए ।
त्यसको प्रतिवाद गर्दै डा लोहनीले आफूलाई क्रान्तिकारी देखाउन र कमीकमजोरी तथा सिद्धान्त बिनाको राजनीति लुकाउन प्रचण्डले तर्कहीन आरोप लगाएको बताएका छन् ।
डा लोहनीले नेपालको एकीकरण र एकताको जग बसाल्ने संस्था राजसंस्था नै भएको जिकिर राजसंस्थाकै सफल प्रयासले प्रचण्डले नेपाली पहिचान पाएको बताएका छन् ।
यसैगरी नेपालको क्याबिनेटमा २००७ साल पछि विदेशी राजदूत बस्ने परम्परा हटाएर चीनसँग बाटो खोल्ने साहस पनि राजसंस्थाले नै गरेको लोहनीले बताएका छन् ।
२००७ सालपछि प्रजातन्त्रको आडमा नेपालको उत्तरी सिमानामा खडा गरिएका सबै विदेशी चेक पोस्ट हटाउने साहस राजसंस्थाले गरेको पनि लोहनीले बताएका छन् ।
यस्तै उनले पररास्ट्र नीतिमा लम्पसारवादको नीतिलाई निरन्तर अस्वीकार गरेर तथा नेपाली जनतालाई विश्वास गरेर संवैधानिक भएर बस्ने अठोट पनि राजसंस्थाले नै गरेको लोहनीले बताएका छन् ।
उनले जनभावना बुझेर तत्कालीन राजा ज्ञानेन्द्र खुसी साथ दरबारबाट बाहिरिएको उल्लेख गर्दै आज पनि पूर्वराजाले नेपालको राष्ट्रियता र हकहितबारे अवाज उठाइरहेको बताएका छन् ।
वास्तविकलाई बिर्सेर प्रचण्डले राजसंस्थालाई गाली भनेको आफू सिद्धान्त भ्रस्ट भएको वास्तविकतालाई लुकाउने प्रयास बाहेक अरु केही नभएको लोहनीको तर्क छ ।
उनले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई एक पटक ऐनामा आफ्नो अनुहार हुर्न र अनी मात्र अरुलाई गाली गर्न चुनौति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया