प्रतिनिधि सभा बैठक छोडेर बाहिरिन् सरिता गिरी

काठमाडौं । शनिवार बसेको प्रतिनिधि सभा बैठक छाडेर समाजवादी पार्टीकी सांसद सरिता गिरी बाहिरिएकी छिन् ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल शुरु गरिएको छ ।

दफावार छलफल सुरु हुनासाथ सांसद गिरी आफ्नो स्थानबाट उठेर सभाको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले सांसद गिरीद्वारा पेश भएको संशोधन सूचना अस्वीकृत भएको जानकारी दिएसँगै उनी बाहिरिएकी हुन् ।

सांसद गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्।

समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?