काठमाडौं । केही दिनयता युवाहरुले देशभर सरकारविरोधी प्रदर्शन गरेपछि प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि पोखेका छन् ।
उनले प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो फेसबक भित्तामै लेख्न उनले सुझाएका छन् । आज बुटबलमा पनि सरकारविरोध ठूलो प्रदर्शन भएको थियो ।
प्रदर्शनप्रति इंगित गर्दै उनले सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेखेका छन्, प्रदेश ५ मा प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्नुहोला । सडकमा जानु पर्दैन, कुरा सुनिन्छ ।
कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्ने लगायतका माग राख्दै दिनहुँ सरकारविरोधी प्रदर्शन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया