कोरोना भाइरस मात्रै नभएर यी ४ रोगको पनि विश्वमा छैन उपचार !

काठमाडौं । कोरोना भाइरसको कहर यतिबेला सारा विश्वमा व्यापक छ । यो महामारी रोक्नको लागि वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म कुनै उपलब्धि हात पार्न सकेका छैनन् । कोरोनाबाट विश्वमा नै मृतक र संक्रमितको संख्या बढ्दै गईरहेको छ ।

सारा विश्व कोरोनाविरुद्धको भ्याक्सीनको पखाईमा रहेको छ । महामारी फैलिनु पछाडी सबैभन्दा ठूलो कारण भनेको औषधि बन्न नसक्नु नै हो ।

कोरोना भाइरस विरुद्धको भ्याक्सीन बिनै हामीले आफ्नो जीवन व्यतित गर्न पर्ने अवस्था रहन सक्ने पनि विश्व स्वास्थ्य संगठन हेल्थ इमर्जेन्सीका डाइरेक्टर माइकल रेयानले बताएका छन् ।

यो कुरा धेरै गम्भीर रहेको छ । यसको कारण विश्वमा अहिलेसम्म ४ लाख २३ हजार ९०१ जनाको मृत्यु भईसकेको छ । तर कोरोना भाइरस मात्रै नभएर विश्वमा अन्य यी ४ रोगको पनि अहिले सम्म औषधि बन्न सकेको छैन ।

१. इबोला

इबोलामा रोग (ईभीडी) सन् २०१४ मा महामारीको रुपमा फैलिएको थियो । यो भन्दा पहिला सन् १९७६ मा पहिलो पटक इबोलाको बारेमा पत्ता लागेको थियो ।

जानकारीका अनुसारत्यसबेला महामारीबाट मर्नेको दर ५० प्रतिशत थियो ।

कोरोना भाइरसको जस्तै इबोलाको पनि एक वर्षसम्म कुनै पनि औषधि बन्न सकेको थिएन । तर विश्व स्वास्थ्य संगठनले इबोला रोकथामको लागि अन्तिममा एक भ्याक्सीनलाई मान्यता दिएको थियो । तर पूर्ण उपचारका लागि भने अहिले सम्म कुनै औषधि बन्न सकेको छैन ।

२. एचआईभी

एचआईभीको मतलव हो, ह्यूमन इम्यूनोडिफिशिएन्सी भाइरस । यो भाइरस एड्सका कारण लाग्छ ।

अधिकांश मानिसहरु आफू एचआईभीको संक्रमणमा आईसकेको नबताउने भएको कारणले यो रोगले धेरैको ज्यान लिएको छ ।

एचआईभीको सुक्ष्म लक्षण एचआईभीको सम्पर्कमा आएको दुई देखि चार हप्ता भित्रमा देख्न सकिन्छ ।

सारा व्श्विका वैज्ञानिक यस रोगको औषधि बनाउन लागि परे पनि सफलता हात पार्न अझै सकेका छैनन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एभआईभीका कारण अहिलेसम्म विश्वमा ३.२ करोड मानिको मृत्यु भएको छ ।

३. एभियन इन्फ्लूएन्जा

एभियन इन्फ्लूएन्जा एक सबैभन्दा संक्रामक रोग हो । जो खाद्य उत्पादन गर्ने पंक्षीहरुमा पाइने गर्दछ ।

यो विषाणुलाई ए इन्फ्लूएन्जा विषाणु भन्ने गरिन्छ । सामान्यतया पंक्षीमा पाइने भए पनि यसले मानिसहरुको समेत ज्यान लिइसकेको छ । ९० को दशकदेखि अहिलेसम्म यसका दुई प्रकार विश्वमा देखिइसकेको छ ।

यस भाइरसबाट हुने मृत्युदर ६० प्रतिशत रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१३ र सन् २०१७ को बीचमा १ हजार ५६५ संक्रमणका केस आएका थिए ।

ति मध्ये ३९ प्रतिशत संक्रमितको मृत्यु भएको थियो । यसको पनि औषधि बनाउन वैज्ञानिक असफल भएका छन् ।

४. सार्स

सिभियर एक्यूट रेस्पिरेटरी सिन्ड्रोम अर्थात् सार्स, कोरोना भाइरस जस्तै श्वासप्रश्वास सम्बन्धी रोग हो ।

भनिन्छ, यो पनि एक प्रकारको कोरोना भाइरस नै हो । यो भाइरसको खोज सन् २००३ मा भएको थियो ।

यो पनि चमेरोबाट मानिसमा सरेको मानिएको छ । चीनको गुआंगजू प्रान्तमा सन् २००२ मा यसको संक्रमणको पहिलो केस साम्ने आएको थियो ।

यस भाइरसका कारण श्वास फेर्न समस्या हुने लक्षण देखा पर्दछन् ।

सन् २००३ मा २६ देशमा यसका कारण करिव ८ हजार मानिस संक्रमित भएका थिए । तर यसको पनि अहिलेसम्म कुनै भ्याक्सीन बन्न सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?