वाम एकता वार्तामा ‘अप डाउन’

काठमाडौं, ६ फागुन- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छपार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत पार्टीको सैद्धान्तिक आधार’ (जबज र एक्काइसौं शताब्दीको जनवाद) मा अड्किँदा अप्ठ्यारोमा पर्न थालेको आशंका उब्जिएको थियो। तर, दुई अध्यक्षबीच शनिबारको वार्ता फेरि सकारात्मक भएको नेताहरूले बताएका छन्। ‘एकता प्रक्रिया अप-डाउनको चरणमा छ, बुधबार बिग्रेको वातावरण शनिबार बिहानको छलफलपछि केही सकारात्मक देखिएको छ,’ माओवादी केन्द्रका नेता मणि थापाले बताएप्रधानमन्त्री ओली र दाहालबीच शनिबार बिहान बालकोटमा करिब पौने घण्टा छलफल भएको थियो। माओवादी केन्द्रले पार्टी एकतालगायत अन्य पदीय भागबन्डामा समेत प्याकेज सहमति गरेर मात्रै सरकारमा सहभागिताको विषयमा निर्णय लिने बताइरहँदा ओली-दाहालबीच शनिबार छलफल भएको हो। बुधबार अड्किएको वार्तालाई बिहीबार नै निरन्तरता दिएर छलफलका बाँकी विषय टुंगो लगाउने बताए पनि ओली प्रधानमन्त्री चुनिएका कारण बस्न सकेको थिएनत्यसयता अनौपचारिक संवादमा रहेका ओली-दाहालले शनिबार भने आइतबार एकता संयोजन समितिको बैठक बसेर बुधबारकै बैठकमा भएका सहमतिलाई निरन्तरता दिँदै नमिलेका विषयमा सहमति खोजी गरी एकता र सरकार गठनलाई निष्कर्षमा पु¥याउने निर्णय गरेका हुन्। ओलीसँगको छलफललगत्तै महोत्तरीको ‘हात्तीलेक’ पुगेका दाहालले त्यहाँ पुगेका पार्टीका केही केन्द्रीय नेतालाई छलफल सकारात्मक भएको संकेत गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?