‘एमाले–माओवादी एकता हुँदैन’

बुटवल, ६ फागुन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने बताएका छन् । शनिबार आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकताका लागि कार्यनीति, रणनीति, नीति तथा सिद्धान्त, दर्शन र व्यवहार पनि मिल्नुपर्ने बताए, कान्तिपुरमा खबर छ  राष्ट्रियताका विषयमा चुनावमा केही कुरा मिले पनि पार्टी एकता हुनै नसक्ने उनको दाबी छ । ‘एकताका लागि कार्यनीतिदेखि दर्शन र व्यवहार पनि मिल्नुपर्छ,’ उनले भने, ‘चुलोचौको मात्र मिल्दैमा पार्टी एकता हुँदैन, अहिले भएको त्यही हो ।’नीति, सिद्धान्त र चुलोचौको मिले पार्टी एकता गर्न सकिने उनले बताए । माओवादीले वैद्य र विप्लवसँग पनि पार्टी एकता गर्ने भन्दै समिति नै निर्माण गरे पनि अहिलेसम्म सफल नभएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?