मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं – जेठ ३२ सम्म जारी लकडाउनको आगामी रणनीतिबारे छलफल गर्नको लागि बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि देशभर लागू गरिएको लकडाउनका कारण नागरिकलाई चर्को समस्या पर्न थालेपछि गत साता बसेको बैठकले उच्चस्तरीय समितीलाई लकडाउनको परिमार्जित खाका उपलब्ध गराउन २ दिनको समय दिएको थियो ।

आगामी असार १ गतेबाट लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार पनि पढ्नुहोस् : 

‘लकडाउन’ परिमार्जन गरिँदै, असार १ गतेपछि लकडाउन खोल्ने ‘खाका’ यस्तो हुने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?