लज्जाम शरणम गच्छामी !

काठमाडौं ।  पूर्व मन्त्री एवम नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले कोरोना भाइरस विरुद्धको सरकारको अभियान निष्प्रभावी बताएका छन् । नुवाकोट जिल्लाको विभिन्न ग्रामिण भूभाग भ्रमण गरेपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले सरकारको कोरोना विरुद्धको अभियान प्रभावविहिन देखिएको बताएका हुन ।

नेता केसीको धारणा यस्तो छ

देशब्यापी लकडाउनको ७९ दिन, सरकार ! कोरोना महामारी नियन्त्रणमा भन्दा आफ्नो शासन सत्ता तथा भ्रष्टाचार रक्षाको कवचकै तानाबानामा बुन्न निर्लिप्त हुदाका दुष्परिणामका अनेक घटनाहरु निरन्तर देखा पर्दैछन् । यो दुष्परिणामलाई अछाम बयलपाटास्थित अस्पतालको कामबाट निकालिएका कर्मचारी सिद्धार्थ आहुजीको भयावह आत्मदाह, क्वारेन्टाइनका नारकीय अवस्था र आत्महत्या हरु, परीक्षण रिपोर्ट मृत्युपछि हप्तौं कुर्नुपर्ने स्थिति र महामारी नियन्त्रणका लागि विदेशबाट आएको निःशर्त सहायताका बाबजुद यो महामारीको नाममा करिब १० अर्ब रुपैयाँ खर्च भईसकेको सरकार हिसाब देखाउँछ, । तर क्वारेन्टिन, आईसोलेशन वार्ड र उपचारको स्तरमा खट्केका गम्भीर अभाव र कठिनाईका जटिलता, रोजगारी खोसिएकाहरूले भोकभोकै बस्नुपरेको जस्ता दारुण अवस्थाप्रति सरकार बिल्कुल मौनब्रत लिएर बसेको छ । समाजमा अपराध जुन मात्रामा बढिरहेको छ, दण्डहिनता पनि त्यही अनुपातमा बढ्नु झन भयावह छ ।

फगत संक्रमित र मृत्युको गोटा गिन्ती घोषणा नै सरकारले ठूलो काम ठानेकोछ। तर यसबाट जवाफदेहिता पूरा हुँदैन । यो महामारीबाट उत्पन्न बहुआयामिक संकटको सबभन्दा कठोर भुक्तभोगी समाजको अन्तिम पंक्ति भइरहेको छ रु त्यो लक्षित समुदायका (श्रमिक विपन्न) प्रति सरकार पूर्ण गैह्रजिम्मेवारी छ । खर्चको संसदीय समितिको छानबिन र ब्रेक डाउन सहित सार्वजनिक गर।

सरकारमा अलिकति पनि दायित्व बोध र लोकलज्जा छ भने लक डाउन लाई नै ब्रमहास्त्र नठान, प्रतिरोधात्मक र उपचारात्मक विधि, परीक्षणको व्यापकता,रोग को आतंक संगैको भोकको आतंकको समाधान अनिवार्य छ। अन्यथा यकम लज्जा परितेक्तवा संसार विजयी भबेतू चरितार्थ गर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?