काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको फेला परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा आयोगले गरेको अनुसन्धानमा २०७६ साल बैशाख ३० गतेसम्मको काफ्लेको कुल आम्दानी एक करोड ७४ लाख १४ हजार ५० रुपैयाँ भएपनि उनको कुल व्याय ७ करोड १७ लाख ४१ हजार १५० गरेको भेटिएको जनाएको छ ।
आयोगले काफ्लेबाट सोही गैरकानुनी आर्जन गरेको रकम बराबर असुल उपर गर्न माग दावीसहित मंगलबार अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालका अनुसार सर्र्भेेक्षक काफ्लेले गैरकानुुनी रुपमा कमाएको उक्त सम्पत्ति श्रीमती सुशिला काफ्लेका नाममा राखेकाले उनलाई समेत प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको जानकारी दिए ।
काफ्लेले उक्त श्रोत नखुलेको रकमबाटश्रीमती सुशिलाका नाममा काभ्रे तथा भक्तपुरमा जग्गा किनेको भेटिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया