काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड-१९ को स्थिति सामान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुुरु हुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए आगामी आर्थिक वर्षको सुरुवातमै गौतमबुद्ध विमानस्थलबाट कतार तथा दोहा जान पाउने अवस्था आइसकेको अवस्था हुने बताएका हुन् ।
उनले भने ‘नागरिक उड्डयानको क्षेत्रमा हामीले आउने वर्ष सम्भवतः यो कोभिड असर नभएको भए हाम्रा थुप्रै माननियज्युहरु आज भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उडने सौभाग्य पाउनुहुन्थ्यो । त्यो दुर्भाग्यवस कोभिडको कारणले भएन् । जव कोभिडको स्थिति नर्मल हुन्छ त्यसपछि ६ महिना भित्र हामी गौतमबुद्ध भैरहावाबाट विश्वका जुनसुकै ठाउँमा पनि जान सक्ने छौं । त्यो अन्तिम तयारीमा हामी पुगिसकेका छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढ्दै गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्ने काम अगाडी बढीरहेको जानकारी समेत दिए । मन्त्री भट्टराईले देशभरका ५४ वटा विमानस्थलमध्ये ३४ वटा कालोपत्र भएको र बाँकीको कालोपत्रे गर्ने र आधुनिकिकरण गर्दै जाने कामले निरन्तरता पाउने बताए ।
मन्त्री भट्टराईले बजेटले पर्यटन क्षेत्रमा आवद्ध रहेका व्यवसायीहरुलाई राहत र सहुलियतका प्याकेजमा जोड दिइएको बताए । उनले भने ‘बजेट वक्तव्य यहाँहरुले फेरी एकपटक पढ्नुभयो भने ५० अर्बको पुनरस्थापना कोष छ । ५ प्रतिशत व्याजमा त्यो रकम चलाउन सकिन्छ । एक खर्बको पुनरस्थापना कोष छ त्यो ५ प्रतिशतमा चलाउन सकिन्छ । त्यस्तै सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबट रकमहरु जम्मा गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै हवाई क्षेत्रमा ल्याण्डीङ, पार्किङ लगायतका शुल्कहरुमा छुट दिने कुरा छ । हवाई इन्धनबाट हामीले प्रति लिटर १० रुपैयाँ पूर्वाधार विकासको निम्ति लिन्थ्यौं त्यो हटाइएको छ ।’
राजनीतिकरण भयो कि पार्टीकरण भयो कि भन्ने सांसदहरुको प्रश्न रहेको भन्दै नीतिमा भिन्नता भएपनि कार्यक्रममा ठूलो भिन्नता नरहेको स्पस्ट पारे । उनले भने ‘म माननियहरुले यो कुरा उठाउँदा जवाफ दिन आउन भन्दा अगाडि मन्त्रालयमा कति मन्त्री भएछन भनेर हेरे । प्रमुख प्रतिपक्षि दल जो आज हुनुहुन्छ उहाँहरुबाट १० जना मन्त्री हुनुभएछ । तर, विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार राख्न मै आइपुग्न प¥यो । माननीयज्यूहरुले कहिले पनि बनाउनुभएको थिएन । मै आइपुगे । प्रमुख प्रतिपक्षीका माननियहरुले यसमा त अलिकति स्वागत गर्नुहोला भनेको स्वागतै गर्नुभएन मलाई अचम्म लागेको छ ।’
मन्त्री भट्टराईले सगरमाथाको नाम इतिहास शिरोमणि बाबुराम आचार्यले राख्नु भएको र उनको नाममा सगरमाथा राष्ट्रिय पुरस्कारको स्थापना गरेको बताए । त्यस्तै पूर्व मन्त्री रवीन्द्र अधिकारीको नाममा पनि पुरस्कार स्थापना गरेको बताए । उनले नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई यसपटक अनुदान नदिएको जानकारी गराए ।
मन्त्री भट्टराईले पर्यटन मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै बजेट प्रदेश २ मा ५६ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया