काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले आफुलाई भष्ट्राचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताएका हुन् ।
उनले वैदेशिक रोजगार ऐन संशोधन गर्ने विषयमा विभागिय मन्त्रीले भष्ट्राचार गरेको आरोप लगाइएको भन्दै प्रमाणित गर्न चुनौति दिएका हुन् ।
वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १ सय जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड १९को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम सुरु गरेको विषयमा आफूलाई व्यवसायीहरुसँग रकम लिएर संशोधन गर्न लागेको आरोप लगाइएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौति दिएका हुन् ।
उनले भने ‘एकजना माननिय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागिय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो । ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभई संसदले गर्ने विषय समेत विर्सेर लगाइएको तथ्यहिन आरोपले सम्मानित संसद र स्वयं माननियज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु । उक्त आरोप सरकारलाई असफल देखाउने दुरासयको रुपमा लिएको छु । साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननियलाई चुनौति पनि दिन चाहन्छु ।’
उनले आफ्नो राजनीतिक जीवनमा कुनैपनि बेला भष्ट्राचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने बताए । उनले भने ‘मेरो जीवनको राजनीतिक जीवनको सुरुदेखि अहिलेसम्म म यो तेस्रो चोटि मन्त्री भएको हुँ र विगतका दिन देखि अहिले सम्म उनले कहिले पनि भ्रस्टाचारका कुराहरु प्रमाणित गरिदिनुभए भने म उहाँलाई आफ्नो जीवनको सम्पूर्ण दाउमा लिन चाहन्छु । म चुनौति दिन्छु माननियलाई मलाई साविक गरेर देखाइदिनुस् म राजनीतिक सन्यास लिन तयार छु ।’
मन्त्री यादवले सरकारले विपन्न, बेरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र श्रम स्वीकृति लिई रोजागरीमा जान नपाएका व्यक्तिलाई लक्षित गरी रोजागरीका कार्यक्रम ल्याइएको बताए । उनले श्रमिक सूचना बैंक इकाई निर्माण गरी सबै स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई जोड्ने बताए । उनले विदेशबाट फर्कने व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य क्षेत्रगत मन्त्रालयसँग समन्वय गर्ने र वित्तीय सहयोग उपलब्ध गराई स्वरोजगार बन्ने अवसर प्रदान गर्ने कार्यक्रम तय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया