काठमाडौं – नेपाली कांग्रेस निकट नेपाल दलित बिध्यार्थी संघ ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
सांसदहरुको दवावको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाई गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै दलित संघले विरोध प्रदर्शन गरेको हो ।

सोमबार काठमाडौंको माइतिघरमा गरेको विरोध सभामा नेविसंघका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई गर्दा घटनालाई लुकाई पीडकहरुलाई उन्मुक्ति दिने खतरा बढेको बताए ।
उनले राज्य पक्षबाट पीडकहरुलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिनको लागि सदन र सडक दुवै ठाउँबाट दवाव दिनु परेको बताए ।
पीडितहरुलाई न्याय पाउने कुरामा मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दवाव दिनुपर्ने पौडेलले बताए । विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरु समेत सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया